Monday, March 12th, 2018

 

तपाईको राशिफल : बि.सं. २०७४ साल फाल्गुन २९ गते मंगलबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल फाल्गुन २९ गते मंगलबार इश्वी सन २०१८ मार्च १३ तारीख चैत्र कृष्ण पक्ष एकादशी तिथी १३ः३४ बजे सम्म पश्चात द्वादशी तिथी चन्द्रमा मकर राशिमा सुर्य उत्तरायण शिशिर ऋतु पापमोचनी एकादशी व्रत – ज्यो.पं. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सभा सम्मेलनमा सरीकहुने अवसर प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । तपाइृको कार्यको फाईदा गैर ब्यक्ति हरुलाई सहजै प्राप्त हुनेछ । सामाजिक कार्यमा समय ब्यतित गर्नाले मान सम्मानको योग रहनेछ । बृष राशि – इ,


प्रबासी नेपाली मंच इजरायलबाट करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण !!!

प्रबासी नेपाली मंच इजरायलले करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण  गरेको छ !!! १०८ औ अन्तराष्ट्रिय नारी दिबस मार्च ८ का दिन प्रबासी नेपाली मंच इजरायल (महिला बिभाग ) द्वारा आयोजित अनलाइन कन्फेरेन्स कार्यक्रमको आयोजना गरि पिडित बालिकालाइ तत्काल उपचार्थ सहयोग  पुर्याउने उदेश्यले सहयोग गर्ने निर्णय  पश्चात उक्त रकम माननीय साम्सद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख कमरेड बिन्दा पाण्डे मार्फत पिडित बालिकाको हेरचाहमा समल्न्न रक्षानेपाल प्रतिनिधि दुर्गा पाण्डे लाइ रु तिस हजार हस्तान्तरण गरेकी छन | १०८ औ अन्तराष्ट्रिय नारी दिबस मनाइरहेकै बेला मानबजीबन लिएर जन्मेका


विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)

। यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहरु मध्ये ३३ नेपाली थिए । मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।


दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यूएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने बताएका छन्। दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए। उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए। घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे। उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!