यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!


तेलअविव / नयन – इजरायलमा खेलकुद प्रेमी युवा समुहले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा “एकता र मित्रता”को लागि भन्ने नारा सहित फुटसल प्रतियोगिताको आयोजन गर्ने भएको छ |

गत  १९ मार्चमा प्रत्येक सहभागी टिमको क्याप्टेन, म्यानेजर र इजरायलमा भएका अनलाइन मिडियाको उपस्थितिमा प्रेस मिट राखेर ,खेलको साधारण नियम, टीम दर्ता, पुरस्कार राशि र खेल तालिका सार्वजनिक भएको सुन्दर नेपालले शुभदिन समाचारलाई जानकारी दिनु भएको छ |

वहाँको अनुसार प्रतियोगितामा नेपाली टिम र भारतीय टिमहरुको सहभागी रहने बताउनु भएको छ |

 

उक्त खेलमा नेपाल एम्मबेसी तथा इजरायलमा रहेका संघ सस्थाबाट पूर्ण साथ सहयोग रहने प्रतिबद्द समेत रहेको नेपालले हामीलाई जानाकारी गराउनु भएको छ l

प्रतियोगीता १६ अप्रिल शुक्रबार दिनको ठिक ४ बजे नेपालि रास्ट्रिय धुन को गुन्जायमान र नेपाल एम्मबेसिको बिशेष उपस्थितिमा लगायत बिभिन्न संघ सस्थाहरुको प्रतिनिधिहरु,खेल प्रेमी साथीहरु तथा नेपालि दाजु भाइ दिदि बहिनि तथा बिभिन्न रास्ट्रका खेलाडी तथा दर्शकहरुको उपस्थिथिमा तेलअभिभ  स्थित लेभेन्सकी फुटसल कोर्टमा हुने भएको छ |

कार्यक्रममा इजरायलमा रहनु हुने सबै दाजु भाइ दिदि बहिनीहरुलाई उपस्थित हुन आयोजले हार्दिक अपिल गरेको छ l

प्रकाशित ०६ अप्रिल २०२१

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • प्रेम तामाङ्गको “खोजि हिडेको”नामक एल्बम सार्बजनिक (प्रेममा धोका भिडियो छायांकन इजरायलमा)
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!