‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’


नयन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघिबढे विद्यमान सबै समस्याको समाधान हुने बताएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसक्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे। नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका छन्।

प्रकाशित १० मंगसिर २०७७

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • प्रेम तामाङ्गको “खोजि हिडेको”नामक एल्बम सार्बजनिक (प्रेममा धोका भिडियो छायांकन इजरायलमा)
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!