चितवन समाज इजरायलका अध्यक्ष नयनले गरे ५४ बिपन्न विधार्थीहरुलाई न्यायोको स्विटर हस्तान्तरण!


नयन/ चितवन / श्री जनप्रीय राष्ट्रिय आधारभुत बिधालाय पर्बबस्ती थ्री ग्रुप राप्ती 8 मा चितवन समाज इजरायलका अध्यक्ष श्री नयन सापकोटा रामुबाट गरिब तथा जेहन्दार 54 बिद्यार्थीहरुलाई न्यानोको स्विटर बितार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सभापति बिधालय ब्यबस्थापन अध्यक्ष श्री पुर्ण प्रसाद आचार्य तथा प्रमुख अतिथी राप्ती नगरपालिका सदस्य समाज सेवि श्री श्याम लाल बि क रहनु भएको थियो। विशिष्ट अतिथिहरुमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ,चितवन समाज इजरायल अध्यक्ष श्री नयन सापकोटा रामु ,साथमा उहाका माता पिता लगायत चितवन सेवा समाज नेपालका पदाधिकारीहरु ,श्री सीता ढकाल, श्री प्रभा शर्मा ,श्री दिपक गौतम,टोल सुधार समिती अध्यक्ष श्री बाल नन्द कंडेल,शिक्षक संघ अध्यक्ष श्री रिम बहादुर मगर ,पुर्ब प्र अ श्री राम कुमार अधिकारीहरु ले आशन ग्रहण गर्नु भएको थियो साथै अभिभावक ,बुद्धिजीवी ,तथा स्थानिय ब्याक्तित्वहरु बिद्यार्थीहरु सबैको बृहत् उपस्थिति रहेको थियो ।


राष्ट्रिय धुनसगै औपचारिक कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा सबैले अतिथी तथा प्रमुख अतिथिहरुले प्रसङ्गशानिय कामको उच्च सम्मान गर्दै अध्यक्ष नयन सापकोटा लागयत चितवन सेवा समाज केन्द्रिय समितिलाइ पनि बधाइ दिदै सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।
अध्यक्ष मुक्ति प्रसद तथा अध्यक्ष नयन सापकोटा रामुले गरिब तथा जेहन्दार 54 बिद्यार्थीहरुलाइ न्यानोको स्विटर बिधालय ब्यबस्थापन अध्यक्ष प्रमुख अतिथी ,प्रधानाध्यापक तथा शिक्षक शिक्षिकहरुलाइ हस्तान्तरण गरिएको थियो ,साथमा पुर्ब प्र अ रामकुमार अधिकारिले पनि बिद्यार्थीहरुलाइ कापी तथा कलम हस्तान्तरण गर्नु भएको थियो ।


लगतै सबै बिद्यार्थी हरुलाइ हस्तान्तरण गरिएको थियो
कार्यक्रम बिधालयका प्र अ पार्बती कुमारी चापागाईंले कुसलता पुर्बक सन्चालन गर्नु भएको थियो। सभापती बाट कार्यक्रम समापन गर्नु हुँदै आचार्यले मनका धनी सहयोगी चितवन समाज इजरायलका अध्यक्ष लगाएत सम्पुर्ण इजरायल परिवार र नेपाल समिती ,उपस्थित सबैलाइ हार्दिक धन्यवाद दिदै लामो समय समाज सेवा गरि रहदा आजको दिन जिबनको एक महत्त्वपूर्ण दिन भएको र अफुलाइ गर्व लागेको भन्दै खुसी ब्यक्तका साथ कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रकाशित माघ २ गते २०७६

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!