चितवन समाज इजरायल द्धारा छैठौं वार्षीकोत्सबको उपल्यक्षमा खाद्यान तथा लता कपडा वितरण


चितवन समाज इजरायल द्धारा छैठौं वार्षीकोत्सबको उपल्यक्षमा खाद्यान तथा लता कपडा वितरण कार्यक्रम संम्पन
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा चितवन समाज इजारायल द्धारा आफ्नो छैठौं वार्षीकोत्सवको सु– अवसरमा असाहय अति विपन्न वृदालाई अति आवश्यक दैनिक उपभोग्य खाद्यान तथा लता कपडा हस्तान्तरण गरेर केक काटेर चितवन समाज इजरायल को छैठौं वार्षीकोत्सब सब्य र भब्य रुपमा मनाइयो ।
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी को अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चितवन सेवा समाज (अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका सद्भावनादुत् तथा एन. आर. एन. ए. सल्लाहकार श्री सोम सापकोटा ज्यू, विशिष्ठ अतिथि १५ नं वडाका वडा सदस्य शृजना शर्मा , चितवन समाज इजरायलको सल्लाहकार श्री निलम भुषाल, समाजसेवी टि.एन गुरुङ , समाज सेवी माधव पौडेल, स्वास्थ्य स्वय सेविका इन्दिरा भटट् , समाज सेवी भुवन खनाल ,चितवन एकल महिला समुहका अध्यक्ष श्री बिष्णु माया पाण्डे , पत्रकार श्री रामसरण गैरे अतिथि रहनु भएको थियो भने चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका कार्य समितिका पदाधिकारी ज्यूहरु , आजिवन सदस्य ज्यूहरु र स्थानीय वासीन्दाहरुको पनि उपस्थिती रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य श्री प्रभा शर्मा दिनु भएको थियो भने विभिन्न संस्थावाट आउनु भएका प्रमुख अतिथि , विशिष्ट अतिथि र अतिथि ज्यूहरुले छठौं वर्ष पुरा भएर सातौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा चितवन समाज इजरायलको सल्लाहकार भुषालले चितवन समाज इजरायल स्थापनाको मुल मर्मलाई स्पष्ट पार्रदै स्थापना काल देखि आज सम्म यस संस्थालाई सफलताको शिखरमा पु¥याउन सहयोग गर्न सम्पूर्ण अग्रज कार्यसमिति , सल्लाहकार समिति तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस संस्थालाई हातोमाले गर्दै साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखि नै आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि चितवन समाज इजरायलले चितवनको समाजिक विकास तथा आर्थिक विकासमा सदैव लागि परिरहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष अधिकारीले चितवन समाज इजरायलले छैठौं वर्ष पुरा गरि सातौं वर्ष प्रवेस गरेकोमा संस्थाको उत्तर उत्तर प्रगतिको कामना गर्दै आज यस संस्थालाई समाजिक र परोपकारी संस्थाको रुपमा स्थापित र परिचित गर्न सफल चितवन समाज इजरायलका कार्यसमितिका पदाधिकारी ज्यू , सल्लाहकार ज्यूहरु, आजिवन सदस्य ज्यूहरु लगायत इजरायलमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि वहिनी हरुलाई हार्दिक बधाईका साथै कृतज्ञा प्रकट गर्दै वृद्धाहरुलाई अति आवश्यक शौचालय निमार्णको लागि रु १० हजार रुपैया दिन घोषणा गर्दै कार्यक्रम समापन गर्नु भयो ।

त्यसैगरी सोहि दिन चितवन समाज इजरायलकी नि वर्तमान कोषाध्यक्ष तथा चितवन सेवा समाज (अ.स.स) कार्यसमिति सदस्य श्री रमा पौंडेल ज्यूको परेको जन्मदिनको सु–अवसर वृद्धाहरुलाई सुत्नको लागि सिरक डसन दिन प्रतिवद्धता गर्नुभयो । सोहि अवसरमा समाज सेवी माधव पौडेलले शौचालयलाई आवश्यक पर्ने व्लक र गिटी वालुवा प्रतिवद्धता गर्नु भएको थियो ।
त्यसै गरि चितवन समाज इजरायलले पाँचौं वर्ष पुरा भएर छैटौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्नो शुभकामना शब्दहरुवाट कार्यक्रम शुरुवात गर्दै कार्यक्रम सञ्चालन चितवन सेवा समाज (अ.स.स) . सचिव श्री नीम कान्त पाण्डे ले गर्नु भएको थियो ।

प्रकाशित १७/०२/२०२०

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!