भ्यालेनटाइन नाईट सङ्गीत धमाका २०२०लाई भव्य बनाउन कलाकारहरु इजरायल आइपुगे !!


इजरायलमा रहेका नेपाली अनलाइन मिडियाहरुको संयुक्त आयोजनामा हुन् गईरहेको “भ्यालेनटाइन नाईट सङ्गीत धमाका २०२०”मा भाग लिन नेपालका ख्यातिप्राप्त कलाकारहरु नेपाल आईडल रबि ओड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा आइपुगेका छन्।

नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका यही आउदो शुक्रबार फेव्रुअरि १४ तारिख “भ्यालेनटाइन नाईट संगीत धमाका २०२०” आयोजना हुदैछ।

नेपालबाट आएका कलाकारहरुलाई इजरायलको बेनगुरियोन एयरपोर्टमा कार्यक्रम आयोजकहरुको तर्फबाट अनिरुद्र सुबेदी, तेन्जिङ शेर्पा , खेमराज जमरकट्टेल लगायत इजरायलका रहेका लब्धप्रतिष्ठित नेपालीले स्वागत गरेका थिए।

भेलेन्टाइन नाईट “संगीत धमाका २०२० को कार्यक्रममा नेपाल आईडलका रबि ओड, लोक गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानिय नेपाली कलाकारहरुको प्रस्तुती रहने साथै कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने छ ।

उक्त कार्यक्रमलाइ अझ रोचक बनाउन ” भेलेन्टाइन नाइट” सङगीत धमाकामा “फोटो प्रतियोगिता “समेत आयोजना गरिएको छ पहिलो पुरस्कार सामसुङ मोबाइल । दोश्रो पुरस्कार ५०० सेकल नगद । तेश्रो पुरस्कार २५० सेकल नगद र सान्त्वना पुरस्कार २०० सेकल नगद रहको छ।

आयोजकहरुले कार्यक्रममा सहभागिताका लागि इजरायलमा रहेका धार्मिक, सामाजिक तथा राजनैतिक संघसंस्था लगायत सबैमा हार्दिक अपिल गरेको छ।

फोटोहरु -खेमराज जमरकट्टेलबाट

प्रकाशित :- १३/०२/२०२०

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!