चितवन समाज ईजरायलद्धारा अपाङ्ग जागरण अभियान चितवनलाई रु एक लाख हस्तान्तरण !


चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रकम हस्तान्तरण कार्यक्रम आज सम्पान भएको छ ।
चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रु १ लाख रुपैयाँ अपाङ्ग जागरण अभियान, चितवन लाई रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो ।
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष श्री मुक्ति प्र. अधिकारी ज्यूका सभापतित्वमा औपचारीक कार्यक्रम शुरु भएको थियो ।


प्रमुख अतिथिमा चितवन जिल्ला समन्वयका कार्यकारी प्रमुख श्री खेम वहाुर थापा ज्यू , विशिष्ट अतिथिमा चितवन समाज इजरायलका अध्यक्ष श्री नयन सापकोटा (रामु )ज्यू, समाज सेवी श्री रंजन पौडेल , चितवन अपाङ्ग जागरण अभियानका अध्यक्ष श्री अम्विका लाल श्रेष्ठ, पूर्व प्रहरी सघंका अध्यक्ष श्री चक्र व. कार्की , चितवन ट्राफिक कार्यालय प्रतिनिधि श्री कृष्ण ठकुरी ज्यूहरु अतिथि रहनु भएको थियो भने चितवन सेवा समाज अन्तर्रा्ष्ट्रिय समन्वय समिति नेपालका महिला उपाध्यक्ष कबिता ढकाल ,महा सचिव श्री इन्द्र प्र न्यौपाने , कोषाध्यक्ष सिता ढकाल,कार्यसमिति सदस्य दिपक गौतम, प्रभा शर्मा, लक्ष्मी अधिकारी ज्यूहरुको उपस्थिती रहेको थियोl

कार्यक्रममा स्वागत मन्तब्य चितवन समाज इजरायलका अध्यक्ष श्री नयन सापकोटा ज्यूले राख्दै उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो l


साथै चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष अधिकारी ज्यूले चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रु १ लाख रुपैयाँ अपाङ्ग जागरण अभियान चितवनलाई प्रदान गरिएको जानकारी दिदैं अपाङ्गहरुले पनि वि–भिन्न किसिमका रोजगारमुलक सिप सिकेर आत्म निर्भर वनुन् केहि हद सम्म सहयोग मिल्ने विश्वास व्यक्त गर्दै अनुकरणिय निर्णय प्रति चितवन समाज इजरायलका कार्यसमिति लगाएत सम्पुर्ण सहयोगी मनहरू लाई हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।


चितवन समाज ईजरायल परिवार।
१७/०१/२०२०

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!