चितवन समाज इजरायलका अध्यक्ष नयन सापकोटाद्वारा विद्यालयलाई जिन्सी सामान हस्तान्तरण


लामो समय देखि परदेशीभुमि इजरायललाइ कर्म थलो बनाएका चितवन युवा समाजसेवी नयन सापकोटा (रामु) बिधालयलाई टेलिभिजन लगायत जिन्सी सामाग्री हस्तान्तरण गरेका छन ।

पछिल्लो समय इजरायलमा स्थापित बिभिन्न संघ संस्थामा आबद्द रहेका हरेक किसिमका अनुभब बटुलीसकेका नयन चितवन समाज इजरायलको वर्तमान अध्यक्ष समेत हुन इजरायलमा रहेर समेत बिभिन्न दुखि पिडितको घाउमा मल्हम पट्टि बनेका उनले बिदामा घर गएको अबसरमा चितवनको शिरकोट आधारभुत बिद्यालयलाइ उक्त सामग्री एक कार्यक्रम गरि हस्तान्तरण गरेका हुन।

बिधालय ब्यबस्थापन अध्यक्ष ज्ञान बाहादुर तामाङको सभापतित्वमा सुरु भएको कार्यक्रममा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका अध्यक्ष श्री मुक्ती प्रसाद अधिकारी प्रमुख अतिथि चितवन समाज इजरायल अध्यक्ष तथा जिन्सी समान सौजन्य दाता नयन सापकोटाका पिता पदम पानी सापकोटा वडा ७ का अध्यक्ष सुमिता डल्लाकोटि ,बिधालय प्र अ. दुर्गा प्रसाद कंडेल ,साथै अतिथिहरुमा वडा प्रतिनिधिहरु,बिधालय ब्यबस्थापन समिती पदधिकारीहरु,चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका महिला उपाध्यक्ष कबिता ढकाल ,कोषाघ्यक्ष सिता ढकाल ,सहकोषाघ्यक्ष साझाराम बि क ,सदस्य प्रभा शर्मा ,बिधालय पुर्ब अध्यक्ष कमाला पौडेल ,मिडिया कर्मी हरु,अभिबाभक हरु,साथै बिद्यार्थीहरु को बृहत् उपस्थिति रहेको थियो ।

बिधालयका अध्यक्ष तथा प्रधानाध्यापक दुर्गा प्रसाद पौडेलले मन्तब्य राख्दै साना साना बिद्यार्थी हरुको अति आवश्यक भएको अबस्थामा सहयोग हस्तान्तरण गर्ने सहयोगी नयन सापकोटा प्रति बिद्यालय परिवार आभार प्रकट गरेको जानकारी दिदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो अन्त्यमा सहयोगी मनका धनि सापकोटा तथा उहाका बुबा लाइ सम्मान गर्दै प्रससा पत्रले सम्मान गरिएको थियो !

प्रकाशित मिति :- पौष २६ २०७६ साल

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!