आगामी प्रेम दिवस १४ फेब्रुअरीमा बबिता (जेरी) र कृष्ण कंडेल ईजरायल जादै !!


चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कंडेल र चर्चित दोहोरी गायिका बबिता बानिया “जेरी” आगामी फेव्रुवरीमा इजरायल जाने भएका छन् ।

सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाईटीटद्वारा कृष्ण कंडेल र लोक दोहोरी गायिका बबिता बानिया “जेरी”को उपस्थितीमा भ्यालेन्टाइन्स डे (प्रेम दिवश)को अवसरमा आर्थिक स्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बाल बालिकाहरुको सहयोगकोलागि भ्यालेन्टाइन विशेष नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

आगामी १४ फेब्रुअरी २०२० शुक्रबार आयोजना गरिने उक्त कार्यक्रम इजरायलमै पहिलो नमुना सांस्कृतिक कार्यक्रम हुने आयोजक सलोम नेपाल मुभमेन्ट सोसाइटीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!