रविको समर्थनमा इजरायलमा बृहत भेला हुदै / सरकारलाई दबाब दिन एकजुट हुने


इजरायल / न्युज २४ बाट प्रसारण हुने चर्चित र लोकप्रिय कार्यक्रम #सिधा_कुरा_जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछानेलाई उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले केही दिनअघि पक्राउ गरेर हिरासातमा राखेको कुरा हामीहरु लगभग सबैलाई थाहै छ।

समाजका विकृती,विसंगती,बेथिती र भ्रष्टचार विरुद्ध खरो रुपमा आवाज उठाएका, अन्यायमा परेकाहरुलाई न्याय दिलाएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार लगायत थुप्रै अनुकरणीय काम गरेर हामी धेरैको मनमा बस्न सफल व्यक्ति हुन् रवि लामिछाने।

निमुखाहरुको आवाज बोल्दिने रवि लामिछानेलाई नियोजित तरिकाले उनले नगरेको गल्तीमा फसाऊन खोजेर उनको आवाज सधैंलाई बन्द गराऊने गम्भीर षडयन्त्र भईरहेको हामी अधिकाँशले महसूश गरेका छौं।

हामी केहि साथीहरुले सल्लाह गरेर रविको न्यायको पक्षमा भेला हुने निर्णय गरेका छौं।इजरायलमा रहनु भएका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने हजुरहरु सम्पूर्णलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।
हामी तीब्र सग कार्यक्रम गर्दै छौ तपाइको उपस्थिति नि ?

स्थान : तेलअभिव लेविन्स्की पार्क
मिती : अगस्ट २३ तारिख शुक्रबार
समय: साँझ ५ बजे

प्रकाशित :२१ अगस्ट २०१९

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!