परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !


इजरायल कार्यरत नेपाली भाषी चेली जमुना थापाको निधनको सवालमा सामाजिक संजालमा विभिन्न कुराहरु आएकोमा सत्य तथ्यबारे जानकारी गर्नको लागि एनआरएनए इजरायलले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण अंश ।

नेपाली नागरिकतामा जमुना थापा नाम भएकी बिराटनगर उपमहानगरपालिका घर भै भारतिय राहदानी बाहक बर्ष ४३ कि नेहा शर्मा बैदेशिक रोजगारको क्रममा ५ बर्षदेखि इजरायलमा रहेको र २२ नोभेम्बर २०१८ बिहीबार बेलुका ६;३० बजे इजरायलको आसदोद भन्ने स्थानमा काम गरी रहेको अवस्थामा अकस्मात बेहोस भै ढलेपछि अस्पताल पुर्याउंदा ASTHMA ATTACKED को कारण ब्रेन डेड भै सकेको अस्पतालले पुष्टी गरेपछि मृतकको शरीरको भित्री अंगहरु मृतकका बुबा पुष्करराज थापा, मृतकका दाजु,छोराहरु लगायत निजका आफन्तहरुको परामर्श र मन्जुरीमा इजरायलको ट्रमा सेन्टरलाई दान दिन मन्जुर भै दान दिई सकेको बिषयलाई भ्रम फैलाएर इजरायल स्थित केही फेसबुक प्रयोगकर्ताहरुले सामाजिक संजालमा बिना आधार आ-आफ्नो मनोमानी ढंगले आपत्तीजनक र भ्रामक समाचारहरु सम्प्रेषण गरी रहेको र मृतकका आफन्तहरुलाई समेत चोट पुग्ने गरी फोटो तथा भिडियो लाईभहरु सामाजिक संजालमा पोष्ट गरिएकोमा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको गम्भिर ध्यानाकर्षण भएको छ।

उक्त घट्नाको बारेमा सत्यतथ्य बुझ्न र आबश्यक सरसल्लाह,परामर्श र सर-सहयोगकोलागि ट्रमा सेन्टरमा पुगेका यस संस्थाका महासचिव तेन्जिन शेर्पा र एनआरएनए एनसीसी इजरायललाई समेत लक्षित गरी कपोलकल्पित लान्छना लगाएर सार्वजानिक गरिएका लाईभ भिडियोहरु समेत खेद्जनक छन्। संसारका कुनैपनि मानिसले आफू ज्यूँदो हुँदा आफ्नो स्व:ईच्छाले आफ्ना शरीरका अंगहरु मर्नोपरान्त दान दिन सक्छ भने कुनैपनि मृतकका आफन्तले मृतकका शरीरका अंगहरु परोपकारकोलागि मृत्यूवरण पश्चात दान गर्न सक्छन्।

हाल इजरायलमा मृत्यूवरण गरेकि जमुना थापा भनिने नेहा शर्माको भित्री अंगहरु परिवारको मन्जुरीमा बिश्व विख्यात गैर नाफामूलक परोपकारी संस्था ट्रमा सेन्टरलाई दान गरिएको हो पैसामा बेचिएको होईन्। खरानी अनि माटो भएर जाने मृतकको अंगहरु दान गरेर अंगभंग भएका कुनैपनि रोगी बिरामीले निशुल्क प्रत्यारोपण गर्न पाउँदा उसलाई नयाँ जीवन प्राप्त हुनेछ त्यो पनि एउटा बिशिस्ट परोपकार हो।

ट्रमा सेन्टर भनेको चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई नयाँ जीवन दिने ठाउँ हो। दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्यापइने घाइतेलेहरुले आवश्यक सबै किसिमका विशेषज्ञ सेवाहरु पाउन सक्दैनन्। गम्भीर घाइतेहरुलाई उचित समयमा ट्रमा सेन्टरमा पुर्याउन सके चोटपटकलागेका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र अंगभंग भएकाहरुले समेत नयाँ जीवन पाउन सक्ने भएकोले ट्रमा सेन्टर जस्तो परोपकारी संस्थालाई आर्थिक लेनदेनमा आरोपित गर्नु अपराध नै हो। मृतकका आफन्तहरुले मन्जुरी गरेका कुराहरुमा बिना अख्तियारका मानिसहरुले सामाजिक संजालमा जताभावी बोल्न र लेख्ने क्रियाकलाप संवेदनहीनताको पराकाष्टा हो भन्ने हाम्रो ठहर छ। बिना आधार नियतवस सिमा नाघेर आफैले आफैलाई वकिल हो भन्ने ठानी तथ्यहीन,कपोल्पल्पित कुराहरु अशिस्ट र असभ्य भासामा लेख्न र बोल्न बन्द गरौँ भन्ने हाम्रो सविनय अपिल छ ।

यस्ता कृयाकलाप र गतिविधिले कसैलाई न्याय गर्न सक्दैन झन् सामाजिक मर्यादा र शिष्टतामा खलल पुग्न सक्ने भएकोले इजरायलमा रहेका फेसबुक प्रयोगकर्ता सबै दिदीबहिनी तथा दाजुभाइहरु यस्ता गतिविधिमा संलग्न नहुन र संलग्न हुनेहरुले यस्ता गतिविधिहरु बन्द गर्न हुन गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल सम्बन्धित सबैमा हार्दिक निबेदन गर्दै यो प्रेस बिज्ञप्ति जारी गर्दछ।

बिज्ञप्तिमा लेखिएका घट्नासंग सम्बन्धित कुराहरुको सत्यतथ्य प्रमाणहरु एनआरएनए एनसीसीमा सुरक्षित रहेको व्यहोरा पनि सरोकारवालाहरु सबैमा अवगत गराउंछौं। मृतक जमुना थापा भनिने नेहा शर्माको बुबा पुष्करराज थापासंग गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का महासचिव तेन्जिन शेर्पाले अस्पतालबाट गरेको टेलीफोन सम्वादबाट ट्रमा सेन्टरलाई दान दिएको मृतकका भित्री अंग परिवारजन र आफन्तहरुको सहमति र मन्जुरीमा दिएको प्रमाणित हुन्छ। उक्त अडियो संवाद यसै बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

अन्तमा अप्रत्यशित रुपमा असमायिक मृत्युवरण गर्नु भएकी जमुना थापा भनिने नेहा शर्माको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति एनआरएनए इजरायल हार्दिक समवेदन प्रकट गर्दछौ ।

इजरायलवासी दाजुभाई तथा दिदीबहीनीहरुमा गलत समाचार र गलत कुराहरुलाई प्रोत्साहन गरी समाजमा नकारात्मक सन्देशहरु नफैलाउन एनआरएन इजरायलको अपिल ।swadeshnpl

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!