२५६२ औं बुद्ध जयन्ती,तस्विरमा हेर्नुहोस् : यसरि मनाए इजरायल वासीले पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेको साथमा


तेलअभिव – चिरन्जिबी मिश्र 

राष्ट्रिय बिभूती,शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती इजरायलको तेलअभिवमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली राजदूतावास इजरायलको मुख्य आयोजनामा भएको कार्यक्रममा इजरायलमा क्रियाशील विभिन्न ३ दर्जन भन्दा धेरै संघ-संस्थाको साथ-सहयोग रहेको थियो। कार्यक्रममा नेपाली दूतावास इजरायलका राजदूत निरञ्जन थापा,नेपालबाट आएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत इजरायलस्थित चीन,श्रीलंका लगायत बिभिन्न देशका कुटनितिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी बारे चर्चा गरे।

भगवान बुद्ध नेपालमा जन्मिनु सारा नेपालीको लागि गर्वको कुरा भएको र बुद्धभूमि नेपाल भ्रमण गर्न विदेशीहरुलाई आग्रह गर्दै पाण्डेले सम्पूर्ण नेपालीहरुमा एकता बनाईराख्न आग्रह गरे। त्यस्तै इजरायलमा कार्यरत नेपाली कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै  देश प्रेमी गीत गाएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित नेपालीहरु नेपाली पहिचान झल्कने भेषभुषामा उपस्थित भएका थिए।

कार्यक्रम हल बाहिर देखि भित्र सम्म नेपालि भेष भुषा झल्किने पहिरन सहित लामबद्द रुपमा पाहुना सत्कार हुदा वावाको प्रसंगसा देखिएको थियो । पाना खबरमा आजको समाचार छ 

बुद्ध जन्मभूमि लुम्बिनी बारे बनाईएको बृतचित्र समेत देखाइएको थियो भने कार्यक्रमको समापनपछि प्रसाद वितरण गरिएको थियो।

 प्रकाशित मिति : २०७५ बैशाख ३०,आइतबार

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!