देशकै चर्चित महानगरपालिका चितवनमा दमकल छैन, भएका पनि छ महिना देखी थन्किएका छन्


सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।

भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको दमकलको क्लज सिलिण्डरमा समस्या देखिएको छ जसको पार्टपुर्जा पाउन कठिन भएको उहाँले बताउनुभयो ।

अर्को चार हजार क्षमताको भारतीय टाटा कम्पनीको २१ वर्ष पुरानो दमकल चल्ने र बिग्रने भइरहेको छ । शनिबार साँझ बिग्रिएको दमकल आज बन्ने सम्भावना रहेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार राप्तिवारीको पूरै चितवन र गैँंडाकोट क्षेत्र सोही दमकलले धान्नुपर्छ ।

माडी नगरपालिकामा एउटा दमकल छ । राप्तिवारीको एक महानगरपालिका, चार नगरपालिका र एउटा गाउँपालिकालाई एउटै पुरानो दमकलको साहाराले आगो निभाउनुपर्ने बाध्यता छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भारत सरकारले चार दमकल दिने आश्वासनपछि त्यसकै पर्खाइमा रहेको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पूर्वी चितवनका चार नगरपालिकाका लागि दुई दमकल मन्त्रालयसँग माग गरिए पनि आइनसकेको बताउनुभयो ।

गर्मी मौसमसँगै आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी कमजोर देखिएको जिल्लावासीको गुनासो छ । सुख्खा मौसममा दैनिक दुईतीन ठाउँमा सानाठूला आगलागीका घटना हुने गरेका छन् । नेपाल hd बाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!