मेलम्चीमा बस दुर्घटना, तीनजनाको मृत्यु


काठमाडौँबाट मेलम्ची आइरहेको एउटा यात्रु बस शुक्रबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । मेलम्ची आइरहेको बा२ख ४३२५ नम्बरको यात्रु बस मेलम्ची नगरपालिका–४ चारघरेमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा तीन यात्रुको ज्यान गएको छ ।

तीब्र गतिमा रहेको बस घुम्तीबाट ४० मिटर तल खस्दा मेलम्ची–१० शिखरपुर बस्ने करिब ४० वर्षीय चन्द्रबहादुर देउजासहित तीनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा कम्तिमा १० जना घाइते भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!