प्रबासी नेपाली मंच इजरायलबाट करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण !!!


प्रबासी नेपाली मंच इजरायलले करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण  गरेको छ !!!
१०८ औ अन्तराष्ट्रिय नारी दिबस मार्च ८ का दिन प्रबासी नेपाली मंच इजरायल (महिला बिभाग ) द्वारा आयोजित अनलाइन कन्फेरेन्स कार्यक्रमको आयोजना गरि पिडित बालिकालाइ तत्काल उपचार्थ सहयोग  पुर्याउने उदेश्यले सहयोग गर्ने निर्णय  पश्चात उक्त रकम माननीय साम्सद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख कमरेड बिन्दा पाण्डे मार्फत पिडित बालिकाको हेरचाहमा समल्न्न रक्षानेपाल प्रतिनिधि दुर्गा पाण्डे लाइ रु तिस हजार हस्तान्तरण गरेकी छन | १०८ औ अन्तराष्ट्रिय नारी दिबस मनाइरहेकै बेला मानबजीबन लिएर जन्मेका ब्यक्तिहरु कतिसम्म नरपिपासु हुन्छन कि जसले सानी बालिकालाई बलात्कार गर्न कुनै सन्कोच नमानेको उक्त व्यक्तिको सारा जगत भरि चर्चाको बिषय बनेको बेला यस सस्थाले एक बिज्ञप्ति निकाल्दै सहयोगको हात अगाडी बढाएको हो,

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकी बासिन्दा आठ वर्षीया बालिका बलात्कारबाट गभीर घाइते भएपछि उनलाई उपचारथ काठमाडौं ल्याइएको छ, हाल बालिकाको उपचार काठमाडौंको ग्रीन सिटी अस्पतालमा भैरहेको छ भने गम्भीर घाइते भएकी बालिकाको अबस्था अत्यन्त दर्दनाक छ ‘‘निकै दुखलाग्दो र गम्भीर अपराधिक घट्ना भएको भन्दै प्रबासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले घटनाका दोसीलाइ कडाभन्दा कडा कार्बाहीको माग गर्दै  पिडित बालिकाको उपचार अध्ययनएवं अन्य अत्याबश्यक जिबन रक्षाको जिम्मा नेपाल सरकारले लियोस भनि जोडदार माग गरेका छन , प्रबासी नेपाली मंच इजरायलले एक बिज्ञप्ति निकाल्दै घटनाको घोर भत्सना गरेको छ ,

बलात्कृत बालिकाको स्वस्थलाभको कामना गर्दछौ | समाजभित्रै रहेका यस्ता अपराधीलाई मानब अधिकारको कुरा नगरी हदै सम्मको कडा कारबाही होस् , यो घटना त बाहिर आयो तर गाउँमा कैयौ यस्ता घटनाहरुलाई बाहिर नै ल्याउन दिदैनन् त्यस्तालाई कारबाही हुन् अति आवसेक रहेको महासचिब लक्ष्मी अनुरागिले बताइन !

८ वर्षीय बालिका सामूहिक बलात्कृतहुन्छिन भने नारी कसरी सम्माजनकरुपमा बाँच्न सक्छन ? बालिका गरीब परिबार भएकोले सस्थाले सानो सहयोग गरी अन्य सामाजिक सगसस्थालाइ ,सामाजिक अभियन्तालाइ सहयोग गरिदिन प्रबासी नेपाली मंच इजरायलले हार्दिक अपिल समेत गरेका छ |

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!