सिटी सेन्टरको चौथो तलाबाट खसालेर सुरक्षागार्डको हत्या, हत्यामा संग्लग्न एक जना पक्राउ


काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर भवनको चौथो तलबाट खसालेर सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

यसअघि शुक्रबार बिहान भवनको चौथो तलाबाट खसेको अवस्थामा २६ वर्षीय रविन खवास भुजेलको शव फेला परेको थियो ।

सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका रुद्र बस्नेतले खवासको मुख र नाक थिचेर ४ तलमाथिबाट भुजेललाई खसालेर हत्या गरेको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।आजको अनलाइन खबरमा छ

भुजल विग मुभिजमा विगत साढे दुई वर्षदेखि सुरक्षागार्डको रुपमा कार्यरत् थिए ।

२०७४ फागुन २० गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!