प्रेमीसहित सुन्धाराको होटलमा पुगेकी युवती मृता फेला


सुन्धाराको एक होटलमा मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान शर्मिला राउत नाम गरेकी युवती मृत फेला परेपछि प्रहरीले उनका प्रेमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई नियन्त्रणमा लिएको हो।

राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए। साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए।

खड्काले बिहान उठ्दा राउतलाई पंखामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन्। युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्।

महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकुनन्त लिम्बूले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए। रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!