बम विस्फोटमा पत्रकार र सुरक्षाकर्मी गम्भीर घाइते


पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा आज १२ बजेको समयमा भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् । पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते हुनु भएको हो ।

विस्फोटनमा घाइते पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ भने प्रहरी जवान खत्रीको पनि दाहिने घाँटीमा चोट लागेको छ । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेका दुवै जनाको अवस्था सामान्य रहेको अस्पताल जनाएको छ । त्यसैगरी, पोखरा लेखनाथ–७ नागढुङ्गामा आज बिहानै फेला परेको बमलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको थियो ।

आउट ड्राइभ इन्टरप्राइजेज लिमिटेडको नजिकै जेब्रा झोलाभित्र स्टिलको टिफिनमा फेला परेको बम समयमै निष्क्रिय पारिएको कारण कुनै पनि क्षति नभएको प्रहरी निरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो पुर्बेली समाचारमा लेखियको छ

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!