बसको चक्काले थिचेर एक जनाको मृत्यु !!


स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो ।

मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । बालाजु बाइपासबाट शेषमती आउँदै गरेको बा७९प २९८५ नंको पल्सर मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नंको बसको चक्काले थिचेको थियो अनलाइन खबरमा छ

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले सडक पार गर्दै गरेको अवस्थामा पैदलयात्री बचाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा घाइते मोक्तानको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनलाइन खबर बाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!