एक खुट्टाको सहारामा नाच्ने निलमको डिभोर्स : कुरा यस्तो छ !!


चर्चित नृत्याङ्गना निलम ढुंगानाको पतिसँग सम्बन्ध बिच्छेद भएको छ । एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर निलमले देश विदेशमा ख्याती कमाएकी छिन् । संयोग पनि कस्तो परेको छ भने प्रणय दिवसको सेरोफेरोमा निलमको जोडी बिच्छेदमा पुगेको छ ।

निलम र उनका पति बलराम बस्नेतबीचको १० बर्ष लामो बैबाहिक सम्बन्ध तोडिएको हो । उनीहरुको एक छोरी छन् ।

निलम ६ महिनाकी छोरीसहित अहिले माइतीमा बस्दै आएकी उनी निकट एक कलाकारले जानकारी दिए ।

निकट स्रोतका अनुसार सम्बन्ध विच्छेदका लागि निलमको जिल्ला अदालत मोरङमा निवेदन परेको थियो ।

निलमले अदालतमा पेस गरेको निवेदनमा सम्बन्ध बिच्छेद गर्न पर्नुका कारणबारे यी विवरणहरू खुलाएकी छन्ः

-आफु कलाकारिताको सिलसिलामा बाहिरी समाजसंग घुलमिल हुन आवश्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानी र संकिर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबाहार गरेको

-श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावश्यक दवाव संगै मानसिक तनाव दिएको र घर निकाला गरेको साथै विभिन्न तरिकाबाट धम्क्याउने गरेको,

-पतिको गलत रवैया र व्यवहारका कारण ज्यान जोखिममा रहेको, लगायतका आरोप निलमले पतिमाथि लगाएकी छन । खबर डिसी नेपालमा छ

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!