सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )


इजरायल चिरन्जिबी मिश्र :- नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन गत शुक्रबार इजरायलको तेल-अभिभमा बिबिध कार्यक्रम माझ सम्पन्न भएको छ। इजरायल समन्वय समिति निवर्तमान कार्यबाहक संयोजक सानु खतिवडाको सभापतित्व तथा NRNA इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्य,केन्द्रिय उपाध्यक्ष गणेश गिरिको बिशेष उपस्थिति साथै इजरायलमा अबस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी,समाज सेवी तथा ठुलो जनमानस बीच नेपालि राष्ट्रिय धुन सगै औपचारिक कार्यक्रम सुचारु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि तथा सभापतिले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिय।

स्वागत गित सस्थाका कार्यसमिति पदाधिकारीहरुले सुरिलो भाकामा गीत गयर सबै अतिथिको मन छोएका थिय ,एक मिनेट मौन धारण लगतै  मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको यो सस्थाले सामाजिक कार्यमा जोड दिएको र सबै इजरायल वासी कामदार नेपालीलाइ समेटेर लान प्रथम बक्ता शुभदिन समाचारका सम्पादक तथा पत्रकार नयन सापकोटाले आफ्नो मन्तब्य राखेका थिय  बर्षदिन भरिको आर्थिक र बार्षिक आय ब्याय कोषाध्यक्ष कोपिला सापकोटाले पढेर सुनाएकि थिइन् ।सस्थाकी सचिब चिनु सुबेदीले कार्यक्रम कुसलता पुर्बक चलाएकी थिइन्।

  1. साखा इजरायलका सबै उपस्थित सहयोगी दाता र आजिबन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।बिशेष अथिति तथा प्रमुक अतिथिको मन्तब्य सगै सभापतिले आफ्नो मन्तब्य राख्दै पुरानो कार्यसमितिलाइ धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोसणा गरेकी थिइन् ।पुरानो कार्यसमिति भंग गरि नया कार्यसमिति निर्बाचित गराउन ३ सदसीय निर्बाचन मण्डल तयार गरियको थियो ।निर्बाचन मण्डलामा पत्रकार नयन सापकोटा ,अतिथि तिर्थ गौतम र अतिथि कृष्ण रायमाझी रहेका थिय । शाखा समितिले तयार गरेको प्रस्तावित पदाधिकारी हरुलाई कहिँ कतैबाट पनि दाबि नाम नआय पश्चात सानु खतिवडाको संयोजकमा १० सदस्यीय इजरायल समन्वय समिती गठन गरेको र अन्य बाकि १ सदस्य चाडै थप गरिने सहमति भएको निर्बाचन मण्डल नयन सापकोटाले सबै माझ पढेर सुनाएका थिय ,सबै निर्बाचित पदाधिकारीहरुलाई खादा र अबिरले प्रमुक अतिथि तथा केन्द्रीय उपाध्यक्ष गणेश गिरीले स्वागत गरेका थिय ,संयोजक सानु खतिवडा बरिस्ठ उपाध्यक्ष भिमा थापा , उपाध्यक्षमा धर्म भन्डारी , सचिब चिनु सुबेदी , कोषाध्यक्ष अमिरा थापा , सह-कोषाध्यक्ष साबि खड्का सदस्य हरुमा नारायण तिवारी , आरती कार्की ,सन्तोष श्रेष्ठ र रन्जना मैनाली रहेका छन । आगामी दिन हरुमा नवगठीत समितिले सबै आजिवन सदस्य र परोपकारी मनहरुलाइ समेट्दै सस्थाको लक्ष्य र उदेश्य बमोजिम उल्लेखनीय कामहरु गर्दैजाने र सक्दो चाडो मिडियाकर्मी र सल्लाहाकार चयन गर्ने कुरा हामीलाई जानकारी दिनु भयो |

कामको व्यस्तताको बाबजुत पनि उक्त साधारण सभामा उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण आजिबन सदस्यहरु लगायत इजरायलमा कार्यरत सम्पूर्ण संघ संस्था महानु भाव पत्रकार साथै सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलले हार्दिक धन्यवाद प्रकट गरेको छ |

प्रकाशित असार ४ २०७५

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • इजरायलमा २०५ औं भानु जयन्ती मनाईंदै, कार्यक्रमका लागि पूर्ण तयारी /भब्य हुने आयोजकको दाबि
  • नेपाल मगर संघ शाखा इजरायलको बार्षिकोत्सव तथा तेस्रो अधिबेशन साथै सास्कृतिक कार्यक्रम यहि १३ जुलाईमा हुदै
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti