सुन व्यवसायीको हत्या आरोपमा माओवादीका पूर्व लडाकु सहित तीन पक्राउ


फागुन २९/ बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार ऋद्धिशिद्धी ज्वेलस बिर्तामोडका सञ्चालक पारस देव सहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्ति रहेका छन् । माओवादीका पूर्व लडाकु पाँचथरको फिदिमबाट गएराति पक्रउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक भने गरेको छैन । गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti