विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)


। यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए ।

उनीहरु मध्ये ३३ नेपाली थिए ।

मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

चालक दलका ४ सदस्य थिए ।

२२ नेपालीको मृत्यु, ११ घाइते

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।

घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।

घाइते नेपाली नागरिक

केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु

दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी

दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा

किशोर त्रिपाठी, ग्राण्डी अस्पताल

हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल

विनोद पौडेल, ग्राण्डी अस्पताल

वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली

आशिष रञ्जित नर्भिक

सनम शाक्य, नर्भिक

प्रिन्सी धामी, केएमसी

सबिना व्यञ्जनकार, केएमसी

श्रोत अनलाइन खबर बाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।
  • “इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी धुमधामका साथ मनाइदै “
  • विश्व आदिवासी दिवस इजरायलमा मनाइदै,केन्द्रीय अधक्ष्य जगतबहादुरले कार्यक्रमलाइ सम्वोधनगर्ने
  • एनआरएन ए इजरायलको मुख्य आयोजना तथा अन्य करिब २ दर्जन सस्थाहरुको सहआयोजनामा तीज बिशेष कार्यक्रम हुदै
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti