दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले यूएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने बताएका छन्।

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए।

उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए। घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे।

उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताए।
प्रकाशित : फाल्गुन २८

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।
  • “इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी धुमधामका साथ मनाइदै “
  • विश्व आदिवासी दिवस इजरायलमा मनाइदै,केन्द्रीय अधक्ष्य जगतबहादुरले कार्यक्रमलाइ सम्वोधनगर्ने
  • एनआरएन ए इजरायलको मुख्य आयोजना तथा अन्य करिब २ दर्जन सस्थाहरुको सहआयोजनामा तीज बिशेष कार्यक्रम हुदै
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti