उपप्रधान र एउटा मन्त्रीमा अडि्कयो फोरमसँग वार्ता


संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन ।

विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो ।

फोरमसँग संविधान संशोधनका सन्दर्भमा दुईबुँदे सहमति भए पनि मन्त्रालयको भागबण्डा मिलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार भएको वार्ता सहमति नजिक पुगेको एमालेको दाबी छ ।

स्रोतका अनुसार फोरमले उपप्रधानसहित तीन मन्त्रालय मागेको छ । तर, प्रधानमन्त्री ओली कुनै हालतमा उपप्रधानमन्त्री नराख्ने र तीन वटा मन्त्रालय पनि नदिने अडानमा छन् ।

फोरमलाई २ मन्त्रालय र एक राज्यमन्त्री दिएर मनाउने वाम गठबन्धनको प्रयास जारी छ । फोरम नेताहरुले उपसभामुख पनि आफ्नो पार्टीले पाउनु पर्ने दाबी गरेका छन् । तर, वाम भागवण्डामा यो एमालेको भागमा परेको छ ।

त्यसो त उपेन्द्रलाई सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अप्ठ्यारो पारेको चर्चा पनि फोरममा चलेको छ । सहअध्यक्ष समेत रहेका श्रेष्ठ आफू मन्त्री बन्न भगिरथ प्रयत्न गरिरहेका छन् ।

फोरमबाट दुई मन्त्री हुँदा उपेन्द्र र रेणु यादव वा सरिता गिरीमध्ये एक हुने सम्भावना छ ।

माओवादी केन्द्रले भने फोरम सहमति नआउने भए भोलि नै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाव दिएका छन् । प्रधानमन्त्री ओलीले भने छिट्टै गर्नुपर्छ मात्र भनेका छन् ,आजको अनलाइन खबरमा छ /

फोरमलाई सहभागी गराउने भन्दै एमाले र माओवादीले आफ्ना भागमा परेका मन्त्री पठाएका छैनन् ।

२०७४ फागुन २० गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti