नेपाल आइडल इजरायल आउदै , कार्यक्रमको भब्य तयारी : NRNA इजरायलको अपिल !!


इजरायल  /  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजनामा इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ आयोजना हुने भएको छ ।

परिषदले यहि २०१८ अप्रिल १३ शुक्रबारका दिन  नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई इजरायल ल्याउने अन्तिम तयारीमा जुटेको आयोजक संघका महासचिव तेन्जिङ शेर्पाले जानकारी दिएका छन् ।

इजरायलमा रहेका नेपालीहरुका लागी पर्ने आपतकालीन आस्थामा प्रयोगार्थ कोष वृद्धिका लागी उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । शेर्पाका अनुसार कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सबै सामाजिक संस्था, पत्रकारहरु लगायत इजरायलमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।

कार्यक्रमलाई भब्यरुपमा प्रचारप्रसार गर्दै सफल बनाउन आयोजकले कार्यक्रमको पहिलो पोस्टर बाहिर ल्याएको छ ।

प्रकाशित :- फाल्गुन २०-२०७४

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!