ह्वाइटहाउस अगाडि एक व्यक्तिले आत्महत्या गरे : ट्रंप थिए कहाँ ?


एजेन्सी- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए ।

आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या गर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन ।

बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा थिएनन् । उनी श्रीमतीसहित फ्लोरिडामा थिए ।

वाशिङगटन पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ति व्यक्ति मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको सामाजिक सन्जालमा पोष्ट भएको भिडियोमा देखिन्छ ।घटनामा अन्य व्यक्ति भने घाइते नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय ह्वाइट हाउस वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०७४ फागुन २० गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti