बुटवल खुला लन टेनिसको उपाधि प्रनव र माहिन्कालाई


प्रथम बुटवल खुला लन टेनिस प्रतियोगिताको एकल पुरुषतर्फको उपाधि नेपाल आर्मीका प्रनव खनाल र एकल महिलाको उपाधि माहिन्का राणाले हात पारेका छन् ।

देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा खनालले सन्तोष खत्रीलाई ६-२, ६-२ को सोझो सेट तथा बहिनी माहिका राणालाई ७-५, ६-३, ६-२ को सेटमा पराजित गर्दै माहिन्काले उपाधि हात पारेकी हुन ।

उपाधिसँगै उनीहरुले नगद ५५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरेका छन् । उपविजेताहरुले भने नगद २५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरेका छन् ।

पुरुषतर्फ तृतीय भएका जितेन्ऽ परियार र प्रदीप खड्का तथा महिला एकलतर्फ तृतीय भएकी यनी माथेमा र अभिलाषा विष्टले नगद १०-१० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेकी छिन् ।

फन डबल्सको उपाधि कमल भण्डारी र अनिल सेन्चुरीको जोडीले चुमेका छन् । उनीहरुले जितेन्ऽ परियार र अब्दुल सहमदको जोडीलाई ८-१ को सेटले पराजित गरेर उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनीहरुले नगद ३५ हजार, प्रमाणपत्र ,मेडलबाट पुरस्कृत भए । उपविजेता बनेका परियार र सहमतको जोडी नगद २० हजार, प्रमाणपत्र, मेडलमा चित्त बुझाए ।

यसैगरी भेट्रान ३५ प्लस उमेरको खेलमा कमल भण्डारीले उपाधि हात पारेका छन् । भण्डारीले रोहित सुनुवारलाई ६-२, ६-० को सेटले पराजित गरेका हुन् ।

उपाधिसँगै उनले नगद नगद ४५ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेता सुनुवार द्धितियले नगद २५ हजार प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् । तृतीय हुने राजु श्रेष्ठ र आत्माराम कार्कीले नगद १०-१० हजार, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा कमल भण्डारीले दुई विद्यामा स्वर्ण पदक प्राप्त गरेका छन् । उनले फन डबल्स र भेट्रान ३५ प्लस उमेरमा उपाधि हात पारेका हुन् ।

यता ४५ पल्स उमेरमा चन्द्र शाहीले बिमल गुरुङ्गलाई ६-०, ७-५ को सेटमा पराजित गर्दै उपाधि हात पारे । प्रतियोगितामा धर्मसिह लामिछाने र विकास गुरुङ्ग तृतीय भए । यसैगरि भेट्रान्स ५५ पल्स उमेर आईटिएफका कोअर्डिनेटर तथा राष्ट्रिय कोच कृष्ण प्रसाद घलेले कमल थापालाई ६-१ ले पराजित गर्दै उपाधि हात पारे ।

भेट्रान ४५ प्लस, भेट्रान ५५ प्लसका उपाधि विजेताले नगद ३५ हजार, द्धितियले नगद २० हजार र तृतीयले नगद १० हजारका साथमा प्रमाणपत्र, मेडल पुरस्कार प्राप्त गरेका छन् ।

एक कार्यकमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल लन टेनिस संघका ज्योती राणा, पूर्वअध्यक्ष मनोज राणा, नेपाली कांग्रेसका हरि लम्सालले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन् ।

कार्यक्रममा अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले लन टेनिसको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै क्लबका अध्यक्ष गोपाल ज्ञवालीलाई सम्मानपत्र सम्मान गरेका छन् ।

यसैगरी संघका पूर्वअध्यक्ष मनोज राणाले क्लबलाई नगद २५ हजार आर्थिक सहयोगसमेत वितरण गरे ।अनलाइन खबर बाट

२०७४ फागुन १५ गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!