वर्षमानलाई रोक्दै बादल गृहमन्त्री बन्ने पक्का


प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतले बतायो । मन्त्रीहरूको अरू नाम भने गोप्य राखिएको छ ।

यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।

बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए ।

बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी छ । तर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।

माओवादीबाट मन्त्री बन्नेहरुमा गिरिराजमणि पोखरेल, मातृका यादव र विना मगरको नाम पक्का भएको छ । यस्तै वर्षमान पुन अनन्त, शक्ति बस्नेत र जनार्दन शर्मा पनि मन्त्री बन्ने लाइनमा छन् तर यसअघि नै गृह, अर्थ जस्ता मन्त्रालय चलाइसकेका नेतात्रयलाई कुन मन्त्रालय दिने भन्ने अन्योल छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय साटफेरको प्रयास गर्ने माओवादी अध्यक्ष प्रचण्डले आफ्ना नेताहरुलाई आश्वासन दिएका छन् ।अनलाइन खबर बाट

२०७४ फागुन १४ गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!