चितवनमा सवारी दुर्घटना : वडाध्यक्षको मृत्यु, दुई घाइते


टाँडी र पर्साको बीचमा अवस्थित तरकारी चोकमा भएको सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्वरको जीपलाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ८९४० नम्वरको तरकारी बोक्ने बलेराले आइतबार साँझ ठक्कर दिएको थियो ।

दुर्घटनामा खैरहनी नगरपालिका-५ का वडाध्यक्ष विश्वबिजय बस्नेतको निधन भएको छ । गम्भीर घाइते बस्नेतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुर्घटनामा वडा नः ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् । दुबैको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ अनलाइन खबरमा छ ,

बलेरो चालक फरार छन् भने गाडी चितवन प्रहरीको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी भैरहेको चितवन प्रहरी प्रमुख थापाले अनलाइनखबरलाई जानकारी दिए ।

२०७४ फागुन ६ गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti