अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, कम्तीमा १७ को मृत्यु


एक किशोरले अमेरिकाको विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको पुष्टि गरेको छ ।

बीबीसीले घटनाका संदिग्धको नाम निकोलस क्रुज रहेको जनाएको छ । समाचार अनुसार १९ वर्षीय निकोलस विद्यालयका पूर्व छात्र हुन् जसलाई स्कुलले निकालिदिएको थियो ।

स्थानीय अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार स्कुलमा फायर अलार्म बजाएपछि विद्यार्थीहरु तितरबितर भएका थिए । त्यही बेला उनले गोली वर्षाएका थिए ।

स्कुलका छात्र कक्षामा लुकेका थिए भने प्रहरीले स्कुल घेरेको थियो । गोलाबारी सुरु भएको एक घण्टापछि प्रहरीले गोलाबारीमा संलग्नलाई हिरासतमा लिएको छ ।

प्रहरीले १४ पीडितबारे जानकारी दिएको छ तर उनीहरुको स्थिति सार्वजनिक गरिएको छैन ।

यसअघि स्टोनम्यान डगलस हाइस्कुलका सुपरिटेण्ड रोबर्ट रन्सीले केही ब्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए । उनले भनेका छन्, ‘संदिग्ध व्यक्ति सम्भवतः पूर्वछात्र थिए ।’

अमेरिकी टिभी च्यानलका अनुसार स्थानीयले निकै सहयोग गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीका बुबा आमा स्कुल परिसरमा जम्मा भएका थिए ।

ह्वाईट हाउसका प्रवक्ता लिण्डसे वाल्टर्सले भनेका छन्, ‘राष्ट्रपतिलाई फ्लोरिडाको स्कुलमा भएको गोलाबारीको जानकारी दिएका छौं । घटनामा घाइतेको स्वास्थ्यलाभका लागि हामीले प्रार्थना गरेका छौं ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत पीडितलाई सान्त्वना दिएका छन् ।

सन् २०१३ पछि मात्रै अमेरिकामा यस्तै प्रकृतिका २९१ घटना भएका थिए । औसतमा हिसाब गर्दा हरेक हप्ता यस्ता घटना हुनेगर्छन । पछिल्लो समय यो अमेरिकाका लागि टाउको दुःखाइको विषय बनेको छ ।

२०७४ फागुन ३ गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!