प्रणय दिवस (valentine’s day) र रातो टिसर्ट !- सरिस्मा बराल


प्रणय दिवस (valentine’s day)  तथा रातो टिसर्ट !

कान्छी”” उसलाइ भयालेनटाइन डे( valentines day ) भन्ने केहि  थाह थिएन, सानै उमेरमा बिबाह सुगम ठाउँमा भए पनि  उसलाइ कुनै प्रेमी या श्रीमानले कुनै बिशेष  डे भनि माया गरेको समझना भने छैन”!!
कठै” कलिलो उमेरमा अहिलेको जस्तो डे अथवा बर्षगाठहरु मनाउने प्रचलन भएको भए सायद कान्छीले बर्षमा एक दिन माया पाउथिन होला।

समयको गतिशिलता तथा घरायासी जिबन सगै कान्छीको जिबनमा दुइ मुनाको आगमनले केहि हद सम्म भबिस्यको खोजमा मल्हम लगाउने काम भने गरेको थियो ।
घरको खस्कदै गएको आर्थिक अभाब , ति दुइ मुनाको भबिस्य ,घरेलु हिंसा र श्रीमान को गैर जिम्मेवारपनले आजित कान्छी आफ्ना मुनाहरुको उज्वल भबिस्यको लागि शहर पस्छिन।

शहर पसे लगतै रेडियोमा बैदेशिक समाचारको बिज्ञापन सुनेर बैदेशिक रोजगार लैजाने मेनपावर तथा शहरी जीवन बिताइ रहेका शुशील ब्याक्तित्वहरु सग भेट हुन् पुगछिन र बैदेशिक रोजगारमा होमीने सुर कान्छीले कस्छिन ।

बैदेशिक रोजगारमा लैजाने मेनपावरका ढोका घच्घचाउदा केहि शहरि जिबन संग नजिक भयका साथीभाइसंग भेट हुन् पुग्छ र विदेश बसेर शहरमा घर हुनेले र पढ्न शहरमा बस्ने अधिकांस बिधार्थिले प्रणय दिवस valentines day मनाउदा रहेछन कान्छीले पनि तेहा आएसी थाहा पाइन् यस्तो दिन पनि हुदो रहेछ अनि तेहाका साथी हरु संग सोधिनं यो कस्तो चाड हो? अनि के गर्नी हो यो दिन मा ? मेरो मासुम प्रश्न थियो र मेरो साथीले भनि आफुलाई कसैले माया सहयोग गरेको मान्छे छ भने सम्झेर आज उपहार दिनु पर्छ अनि झन् माया सहयोग बढ्छ ! मत गाउकी सोझी मान्छे प्रेमीलाइ नै दिने भन्ने बुझिन अनि गाउ घरमा पनि घरका आटी छाप्दा होस् या दुर्घटना हुदा सहयोग गरेको सम्झे र शहर बसाइमा पनि केहि सहयोगी आफ्नै गाउ घरका जस्तै भेटेको थिए सहयोग को भावना बढ्ने उदेश्य बोकी यौटा टिशर्ट [रातो गन्जी ] पसल बाट किनेर बोकी गए ।

गाउघरकै भएपनि पढाई लेखाई अनि शहरको जागिरे जिबन भयका,…..उनीलाई भने प्रणय दिवसको बारेमा राम्रो संग थाहा रहेछ साथी लाइ संगै लियर कतै खाजा खाने ठाउमा भेट्ने प्लान बन्यो ,आज सम्म जिबनमा कसैलाई केहि उपहार भने नदिएकि कान्छी लाजले भुतुक्क थिइन ,भेट भयो संगै गयको साथीले उपाहार दिन आखाको इशारा गरि तर उठ्नै सकिनन दिनलाइ ।

किनकि नत यो मेरो सस्कार मा थियो न त कोहि बाट परिवारमा यस्तो चाड को बारे मा सुनेकी अथवा सिकेकी थिए ,अनि साथीले नै मुख फोरेर गिफ्ट ल्याएको कुरा गरेसी सहयोगी साथी पनि अप्ठ्यारो मानी मानि गिफ्ट लिन तयार हुनु भयो | किनकि उहालाई थाहा रहेछ त्यो दिनको उपहार प्रेमी र प्रेमिका बीच चल्ने चलन रहेछ किन कि हामी बीच प्रेम थियो तर हामी प्रेमी र प्रेमिका थियनौ अहिले पनि जब जब प्रणय दिवस झागीदै जान्छ आज भन्दा ११ बर्ष अगिको त्यो दिन र त्यो रातो टिशर्ट ले कान्छीलाई गिज्याई रहन्छ अहिले को कान्छीले र त्यो बेला उपहार दिने कान्छीले नबुझेको प्रणय दिवसको आगमन सगै रातो टिशर्ट सम्झी रहन्छ ।

(यो एक कथा मात्र हो कहिँ कतै कसैको जिबन सग मेल खान गएमा सम्योग मात्र हुने छ )

लेखिका सरिस्मा बराल [उमा ] इजरायल ।

प्रकाशित फाल्गुन २ गते २०७४

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti