हात्तीको आक्रमणले दुई महिलाको मृत्यु


सप्तरीको कञ्चनरुप नगरपालिका नजिक कोशी टप्पु वन्यजन्तु आरक्षमा घाँस दाउरा लिन गएका दुई महिलाको जंगली हात्तीको आक्रमणमा परि मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया दुर्गी मुखिया र ३५ वर्षीया मन्जु साह छन् ।

आरक्षबाट आउने हात्ती, अर्ना र भालुले घरगोठ, बालीनालीमा क्षति पुर्याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गरेर ज्यान लिन थालेपछि सप्तरीको उत्तरीपूर्वी क्षेत्रका बासिन्दा आतंकित छन् ।

हात्तीले गत मंसिर १३ गते कञ्चनरूप –१० बदगामाकी फूलवादेवी यादव, कात्तिक १९ गते कञ्चनरूप नगरपालिका –१२ श्रवणपुरका बिर्खबहादुर बिक, २०७३ चैत २२ गते हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झाको ज्यान लिएको थियो ।

त्यस्तै, हात्तीले २०७३ पुस ९ गते भारदह –९ स्थित बालुवाका ६० वर्षीय रघुनाथ खंग, २०७३ कात्तिक १८ गते बैरवा –८ का ५५ वर्षीय अल्लाउद्दिन खाँ, २०७३ असार २८ गते कञ्चनरूप नगरपालिका –१० का सत्यनारायण यादवकी छोरी १३ वर्षीया संगीताकुमारी यादवको ज्यान लिइसकेको छ ।

हात्ती, अर्ना र भालुको आक्रमणबाट एक वर्षको अवधिमा दर्जनौ व्यक्ति घाइते भएका छन् ।अन्नपूर्णबाट 

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti