दुई स्काभेटरमा आगजनी : अपराधीको खोजि तिब्र !!


अरुण गाउँपालिका –७ जरायोटार लेगुवाघाटस्थित फेदी बजारमा रहेको क्रसर उद्योगमा रहेको स्काभेटरमा सोमबार राती आगजनी भएको छ । भीम पौडेलको स्वामित्वमा रहेको स्काभेटर आगजनी पछि पूर्णरुपमा जलेर नष्ट भएको छ ।

सोमबार राती करिब साढे ११ बजेतिर स्काभेटरमा आगालागी हुनासाथ जरायोटार प्रहरी चौकीबाट खटाइएको प्रहरी टोलीले घटनास्थलमा खोज्दा कोही नभेटिएको प्रहरीले जनाएको छ । कसले आगजनी गरेको हो भन्ने पुष्टि नभएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नीरिक्षक चरित्रविक्रम कार्कीले बताए ।

यता पौवादुम्मा गाउँपालिका २, तिवारीभञ्जाङमा पनि सोमबार रातीनै सडक निर्माणका लागि राखिएको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । तिवारीभञ्जाङमा रहेको कन्काइ कन्ट्रसनको स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै घटना कसले गरायो भन्ने पत्ता नलागेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!