पशुपतिमा भोले बाबाजीको भीड (फोटो फिचर)


हिन्दुहरुको विशेष पर्व महाशिवरात्री नजिकिँदै छ । शिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने गर्छन् । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि उत्तिकै घुइँचो लाग्ने गर्छ । शिवरात्रीको बेला बाबाजीहरु नेपालकै मात्र नभई भारतलगायतका मुलुकबाट पनि आउने भएकाले पाशुपत क्षेत्रको माहोललाई निकै रोचक तथा रमाइलो हुने गर्छ ।

यसपालीको शिवरात्रीमा भारतलगायतका मुलुकबाट सयौँको संख्यामा बाबाजीहरु पशुपति आइसकेको र आउने क्रममा जारी नै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाबाजीहरु पशुपति भित्रिएसँगै त्यस क्षेत्रमा अहिलेदेखि नै भीड सुरु हुन थालेको छ । उनीहरुले मनग्य आम्दानीसमेत गर्ने गरेका छन् ।

केहि बाबाजी आगन्तुकसँग पैसा माग्छन् भने कतिपय बाबाजीले आगन्तुकलाई गाँजालगायतका नशालु पदार्थ खुलमखुल्ला विक्रि पनि गर्ने गरेका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा यसपटक पशुपति क्षेत्रमा बाबाजीहरुको संख्यामा कमी आएको स्थानीयको अनुमान छ । यसपटक पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन र विक्रिवितरणमा पूर्ण रोक लगाएको छ । सोहि कारणले पनि बाबाजीहरुको पशुपति आकर्षण कम भएको हुन सक्ने स्थानीयले अड्कल छ ।

हेर्नुस् शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा देखिएका बाबाजीका केही दृश्य :


फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti