धुर्मुस-सुन्तलीले बनाइदिएको सुन्दर सहरले कस्को मन नलोभियला (सात फोटोमा हेर्नुहोस) हस्तान्तरण गर्ने तयारी


सुन्तली फाउण्डेसनले चौथौ एकीकृत नमुना सन्तपुर बस्ती निर्माण भै रहेको छ ।  रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरमा बाढीपीडितका लागि चौथौ एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरेको हो ।
जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारका लागि फाउन्डेसनले घर निर्माण गरेका छन् । दलित बस्तीका बासिन्दाले २१ माघदेखि वास्तवमै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ ।


बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लव घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनिरहेका छन् । गत असोज ४ गतेबाट सुरु भएको सो परियोजना माघको २१ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको छ । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम र कुन्जनाले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti