राष्ट्रिय तामाङ घेदुङ र्इजरायलको आयोजनामा सोनाम ल्होछार सम्पन्न/चितवन समाज इजरायलले दियो मायाको चिनो


इजरायल, ८ माघ । राष्ट्रिय तामाङ घेदुङ र्इजरायलले तामाङ समुदायको महान चाड नागी ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार तेल-अभिभको एक हलमा  भव्य रूपमा मनाएको छ । घेदुङले ल्होछारको उपलक्ष्यमा एक भव्य कार्यक्रमको आयोजना गरेको हो ।

रष्ट्रिय तामाङ घेदुङको आयोजनामा यहि आउने जनवरी १९ तारिक २०१८ सुक्रबार साँझ सम्पन्न कार्यक्रममा गायक डीबी लोप्चन, अशुसेन लामा र चर्चित गायिका शशिकला मोक्तान इजरायल आएका थिए । कार्यक्रममा उपस्थितहरुलाई कलाकारहरुले विभिन्न प्रस्तुति दिदैं भरपुर
मनोरञ्जन गराएका थिए । इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा र उनको धर्मपत्नी प्रमुख अथिति रहेको कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती थियो ।

कार्यक्रममा स्थानिय कलाकारहरूको बिषेश प्रस्तुतिसँगै डिजे बिपिन तामाङले चर्चित गीतहरूहरूमा डान्स पार्टीको मनोरञ्जनसमेत प्रदान गरिएकोे थियो । शुक्रबार साँझ ७ बजेबाट तेलअभिवको यादखरूचिम मार्गमा रहेको इभ पार्टी प्यालेस भएको कर्यक्रममा ठुलो संख्यामा नेपालीहरुकोे उपस्थिति रहेकोे थियो ।

डिनरको व्यवस्थासहित भएको कार्यक्रममा आउनेहरुका लागि लक्की ड्रसमेत गरि एक भाग्यमानीलाई लेटेस्ट सामसुङ फोनसमेत प्रदान गरिएको थियो । कार्यक्रममा चितवन समाज इजरायलले राष्ट्रका गहना  कलाकारहरुलाई मायाको चिनो दिदै खादा लगाएर  सम्मान समेत गरेको थियो । चि.स.इ.कि अध्यक्ष सरिस्मा बरालले सम्मान गर्न पाउदा हामी र हाम्रो सस्था खुसीले गद गद भएको छ,भन्दै जानकारी दिनु भयो ।

प्रकाशित :माघ ८ /२०७४

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!