१ अर्ब खर्चिएर अब बुटवलदेखि पाल्पासम्म केवलकार ! (ग्राफिक भिडियोसहित)


२३ पुस, बुटवल । बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।

१ अर्व लागतमा निर्माण गर्न लागिएकोे यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने सिद्धार्थ केवलकारका संचालक राजेन्द्रसिंह गुरुङ बताउँछन् ।

करिब २ किमी लामो सो केबलकारको निमार्र्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

शनिबार आयोजित उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको संचालक गुरुङ्गले जानकारी दिए । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

यो केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको गुरुङले जानकारी दिएका छन् । अनलाइन खबर बाट 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti