इजरायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न l


डिसेम्बर १७ तेल अभिव :- गत १५  तारिख  शुक्रबार इजरायलको तेल अभिवमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ | मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले बिगत ४ बर्ष देखि नेपालमा विभिन्न उद्योग, व्यवसाय तथा सञ्चार क्षेत्र (राष्ट्रिय/अन्तर्रास्ट्रिय प्रशारणको टेलिभिजन) मा लगानी गरि नेपालमा एउटा रोजगारी मुलक कम्पनी बन्न सफल भएको छ,भने नेपालको सात वाटै  प्रदेशमा शाखा तथा उद्योग/व्यवसाय सुरु गर्न तयारी गरिरहेको छ |

गत १५ तारिख  शुक्रबार सम्पन्न “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी साथै नेपालमा विविध क्षेत्रमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम”को सभापतित्व कम्पनीका बिश्व संयोजक सुश्री बिष्णु पुन मगरले गर्नु भएको थियो|कार्यक्रममा इजरायलमा कार्यरत विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकारहरु,समाजसेवीहरु, लगायत ठुलो जनमानसको सहभागिता रहेको थियो | कार्यक्रममा पाल्नुहुने सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नु हुँदै कम्पनीका सस्थापक शेयर सदस्य तथा इजरायलका संयोजक जया पुन मगरले कम्पनीमा लगानीका लागि सबिलाई अनुरोध गर्नु भएको थियो |

स्वागत मन्तब्य पछि कम्पनिको बारेमा तयार पारिएको श्रब्य दृश्य  देखाइएको थियो | यस पछि सहभागीको तर्फबाट मन्तब्य राख्दै सस्थापक सदस्य दिपेन गुरुंगले मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीमा बिस्वस्त भएर लगानी गर्नको सकिने बारेमा आफ्नो धारणा राख्दै ,मगर्स क्रियशन एउटा आफ्नो देशमा लागनी गरि केहि गरु भन्ने मगरहरुको समुहले शुरु गरेको भएपनि कम्पनीमा ढुक्क भएर लगानी गर्न सकिनेमा र यहाँ (इजरायल )मा आफ्नो दुख र पसिनाको कमाइ यस कम्पनि मार्फत आफ्नो देशमा लगानी गरि देशमा रोजगारको सृजना गरि एक नागरिकको कर्तब्य पनि केहि हद सम्म पुरा गर्ने सकिने धारणा राखेका थिय,

सहभागीको तर्फबाट शुभबिहानी डट कामका सम्पादक नयन सापकोटा आफु पनि यस कम्पनीमा लगानी गर्न उच्छुक रहेको र सहभागीहरुमा पनि लगानी गर्न अनुरोध गर्नु भएको थियो |त्यसै गरि सस्थापक शेर सदस्य मन राना मगरले आफुले पनि कम्पनीको बारेमा बुझेर लागनी गरेको र साथीहरुले पनि लागनी गर्न उत्प्रेरित गर्नु भएको थियो |सहभागीहरुको जिज्ञासा र प्रश्नको उत्तर नेपालबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री आशिर्वाद पुन मगरले भिडियो कल मर्फात सबैको प्रश्नको उत्तर  प्रस्ट दिनु भएको थियो |

अन्त्यमा सभालाई बिसर्जन गर्नु हुँदै इजरायलबाट उठेको लगानी अनुशार कम्पनीले यहाँ (इजरायलमा )गरेको कामको अनुभवको आधारमा नेपालको प्रमुख शहरहरुमा कियर गिभर सहितको हस्पिटलमा लगानीको लागि प्रस्ताव गर्न सकिने र कम्पनीले यस बारेमा अध्यान गरिरहेको बारे सहभागीहरुलाई अवगत गराउनु भएको थियो |साथै जुन ठाउको शेर लगानी हो त्यहि ठाउमा सम्भावनाहरु अध्ययन गरि त्यहि ठाउमा लगानी गरि रोजगारी सृजना गर्ने लक्ष्य भएको बारे प्रस्ट पर्नु भएको थियो |अन्त्यमा प्रबास संयोजक पुनले नेपाल देखि live मा आएर कम्पनीको बारेमा प्रस्ट पार्नुहुने कम्पनि प्रमुख श्री आशिर्बाद पुन मगर,पत्रकारहरु,अतिथिहरु आगन्तुहरु, प्राबिधिक तर्फ प्रोजेक्टर उपलब्ध गराई सहयोग गर्नु हुने दावा छिरिङ शेर्पा लगायत इजरायलमा कार्यरत सहभागी साथीहरु र सम्पूर्ण इजरायलका शेर सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो |कार्यक्रम सस्थापक शेर सदस्य  आङ् छिरिङ्ग शेर्पाले संचालन गर्नु भएको थियो |

कार्यक्रमको समापन पछि शुभदिन समाचारका सम्पादक नयन सापकोटा संग कुरा गर्दै कम्पनीका बिस्व संग्योजक बिष्णु पुन मगरले सहभागीहरु सोचे भन्दा पनि बढी लगानीका लागि उच्छुक भएकोमा कार्यक्रम सफल भएको बताउनु  भएको थियो |

साथै, प्रबिधिले गर्दा यो संसार नै एउटा सानो गाउ जस्तै भैसकेको छ | प्रबिधि कै कारणले गर्दा आज हामीले नेपालबाट कम्पनीका CEO/President लाई लाइभ भिडियो कलमा राखेर उहाकै समुस्पथितिमा कार्यक्रम गर्न पाइयो, यसमा धेरै खुसि लागेको छ | आज यो प्रबिधि नभई दिएको भए नेपालबाट कम्पनीको CEO/President लाई यहाँ सम्म बोलाउंदा लाखौं खर्च हुन्थ्यो होला | तर, हामीले त्यो खर्च बचाउन सफल पनि भएका छौं, यसमा पनि आफुहरु धेरै खुसि भएको कुरा बिष्णु पुन मगरले बताउनु भयो |

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।
  • “इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी धुमधामका साथ मनाइदै “
  • विश्व आदिवासी दिवस इजरायलमा मनाइदै,केन्द्रीय अधक्ष्य जगतबहादुरले कार्यक्रमलाइ सम्वोधनगर्ने
  • एनआरएन ए इजरायलको मुख्य आयोजना तथा अन्य करिब २ दर्जन सस्थाहरुको सहआयोजनामा तीज बिशेष कार्यक्रम हुदै
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti